दाङ । दाङमा दुई महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ । घोराही उपमहानगरपालिका १० पहलेपारकी ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका २ चनाबारीकी ४४ वर्षीया संगिता सुनारको हत्या भएको प्रहरीले जनाएको छ ।
जुपलीको घरको भान्छा कोठामा दुवै जनाको शव भेटिएको हो । उनीहरूमाथि बञ्चरो प्रहारबाट हत्या गरिएको पाइएको हो । हत्या आरोपमा ५७ वर्षका टेकबहादुर घर्तीलाई नियन्त्रणमा लिइएको दाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रोल्पा घर भएका घर्ती घोराही चौघेरामा बसेर रा १ हज ३७७९ नम्बरको अटो चलाउँदै आएका थिए ।
हत्या गर्नुको कारण भने खुलिसकेको छैन । घर्तीलाई घटनास्थलभन्दा डेढ किलोमिटर टाढा घोराही १० सौडिकुलाबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




