एजेन्सी । पेटको क्यान्सरका केसहरु दिनानुदिन सार्वजनिक भइरहेका छन् । गलत खानपान र जीवनशैलीका कारण पेटको क्यान्सरका बिरामी बढेका छन् । पेटको क्यान्सरका लक्षणहरूलाई बेवास्ता गर्नु हुँदैन ।
बिस्तारै समस्या बढ्न थाल्छ र बिरामी गम्भीर अवस्थामा पुग्छ । क्यान्सर एक घातक रोग हो । यी धेरै प्रकारका छन् । यी मध्ये एक पेट क्यान्सर हो । यसलाई ग्यास्ट्रिक क्यान्सर पनि भनिन्छ ।
पेटमा देखिने यी साना लक्षणहरूलाई बेवास्ता गरिएमा क्यान्सर जस्ता गम्भीर रोगको प्रारम्भिक लक्षण हुन सक्छ । उमेर बढ्दै जाँदा क्यान्सर जस्ता समस्या पहिले देखिन्थ्यो । तर अहिले यो रोगले सानै उमेरमा आफ्नो सिकार बनाउँछ ।
लक्षण कस्तो देखिन्छ ?
पेटको क्यान्सरको सुरुवाती चरणमा कुनै पनि लक्षण देखिंदैन । बिस्तारै खाएको खाना पेटको माथिल्लो भागमा जान असहज हुन्छ । जसले खानेकुरा अडकिएको जस्तो लाग्न सक्छ ।
खानेकुरा अपच हुनु, पेटमा दुखाइ, थकाइ, खानामा रुचि घट्दै जानु, खाना खाएपछि पेट फुलेको अनुभव हुनु, पेट ढुस्स हुनु, औषधि खाँदा पनि पेट दुख्ने समस्या ठीक नहुनु, भोक कम लाग्नु, पेटमा अत्यधिक दुखाइसँगै पोल्नु र खाएको खाना फर्किएर आउनु, दुर्गन्धित डकार आउनु लगायत लक्षण देखिन्छ ।
पटक-पटक बान्ता आउनु, जाँगर कम हुनु, अल्सर भएमा दिसामा पनि रगत देखिनु, रक्तअल्पता हुनु, पेटमा पानी भरिनु र तौल कम हुनु पनि पेटको क्यान्सरका लक्षण हुन् ।




