सुनसरी । सुनसरीको देवानगंज गाउँपालिका ५ मेहता टोलबाट अवैध लागूऔषध गाँजा ४ सय ४० किलोग्रामका साथै १ लाख ५० हजार भारतीय रूपयाँ र ५२ हजार नेपाली रूपैयाँसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी नगरपालिका १४ बस्ने २५ वर्षीय चन्द्र बहादुर पाख्रिन, मोरङ लेटाङ नगरपालिका ६ बस्ने बल बहादुर लिम्बु र सुनसरी देवानगंज गाउँपालिका ४ बस्ने ३० वर्षीय अरबिन्द पाल रहेका छन् ।
इलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरीले राजगंज सिनबारीबाट साहेबगंजतर्फ जाँदै गरेको को १ ख ७१२३ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा १३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक चन्द्र बहादुर तथा ट्रकमा सवार बल बहादुर र अरबिन्दलाई पक्राउ गरेको हो ।




