रौतहट । रौतहटको कटहरिया नगरपालिकाले सबै स्वास्थ्य संस्थामा म्याद गुज्रिएको औषधि वितरण गरेको खुलेको छ । कटहरिया नगरपालिकाले गत वैशाख १६ मा म्याद गुज्रिएको औषधि वितरण गरेको हो ।
१ अप्रिल २०२४ मा म्याद सकिएका औषधि अप्रिल १८ मा वितरण गरिएको पाइएको छ । म्याद गुज्रिएको औषधि वितरण गरिएको गुनासो यतिबेला सामाजिक सञ्जालमा हुन थालेको छ ।
कटहरिया नगरपालिका वडा नम्बर २ जमुनियाका स्थानीय मनोज साहले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत पालिकाले म्याद गुज्रिएको औषधि खरिद गरेको बताएका छन् ।
साहले कमिशनको लोभमा म्याद नाघेको औषधि पालिकाले खरिद गरेको समेत आरोप लगाएका छन् । भिडियो मार्फत साहले नगरपालिकाका मेयर र हाकिमले कमिसन लिएर म्याद गुज्रिएको औषधि खरिद गर्ने कार्य गरेको बताएका छन् ।
यसरी मानव स्वास्थ्यसँग खेलबाड गर्दै कमिसनको लोभमा म्याद गुज्रिएको औषधि खरिद गर्नु घृणात्मक रहेको मानव अधिकारकर्मीहरू बताउँछन् । मानिसको स्वास्थ्य जस्तो अति संवेदनशिल विषयमा पनि पालिकाले लापरवाही गर्दा पनि त्यसलाई नियमन गर्ने तर्फ सम्बन्धीत निकायको ध्यान जानु जरुरी छ ।




