रुपन्देही । रुपन्देहीमा बालुवा निकाल्दा बनेको खाडलको दहमा डुबेर १७ वर्षीय किशोरको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ६ स्थित तिनाउ नदीबाट बालुवा निकाल्दा बनेको दहमा डुबेर शनिबार स्थानीय १७ वर्षीय किशोर दिब्याम्स भुषालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
साथीहरुसँगै फुटबल खेल्न गएका किशोर नजिकैको दहमा पौडी खेल्ने क्रममा पानीमा डुबेको हुन् । किशोरको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




