काठमाडौं । काभ्रेपलान्चोकको बनेपा नगरपालिका १३ स्थित साँगामा रोकेर राखेको ट्याङ्करमा मोटरसाइकल, स्कुटर र मालवाहक ट्रक सहितका ६ वटा सवारी साधन ठोक्किएका छन् । दुर्घटनामा परेर दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
घाइते हुनेमा बा ६३ प ७ नम्बरको मोटरसाइकल चालक पनौती घर भएका प्रकाश सापकोटा र बागमती प्रदेश ०२–०४४ प ०५७३ नम्बरको स्कुटर चालक बनेपा घर भएकी १८ वर्षीया देविना कर्माचार्य रहेकी छिन् ।
बागमती प्रदेश ०१–००३ क ९९४५ नम्बरको ट्याङ्करमा साँगाबाट बनेपातर्फ जाँदै गरेको मोटरसाइकल, स्कुटर, बा ७ च ४५३७ नम्बरको कार, योद्धा गाडी, बिएसिओ १२३ नम्बरको कार र मालवाहक ट्रक ठोक्किएको हो । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।




