दाङ । दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परि एक जना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका ४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो ।
उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा परी अटोचालक दाङ शान्तिनगर ७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको छ ।
दाङ तुलसीपुर २ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।




