काठमाडौं । काठमाडौंको दक्षिणकालीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा दुई जनाको शव फेला परेको छ । दक्षिणकाली नगरपालिका ८ केराबारी भन्ने ठाउँको खोंचमा मृत अवस्थामा २ जनाको शव फेला परेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले भने- ‘एक महिला र एक पुरुषको शव फेला परेको हो । केही दिनअघि नै उनीहरु दुर्घटनामा परेको अनुमान हाम्रो छ । शवको सनाखतको प्रयास भइरहेको छ ।’
घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि फेला परेको छ । अप्ठ्यारो खोंचमा मोटरसाइकल खसेको कारण समयमै घटनाको विषयमा जानकारी नभएको अधिकारीले बताए ।




