दाङ । दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्या गरेका छन् । सेनाका जवान शालिकराम बुढाथोकीले शुक्रबार बिहान तुलसीपुर उपहानगरपालिका ६ लुङ्ग्री टोलमा श्रीमती २७ वर्षीया टीका बुढाथोकीको हत्या गरेका हुन् । घटनापछि शालिकराम फरार छन् ।
खुकुरी प्रहार गरि शालिकरामले श्रीमती टीकाको हत्या पछि फरार भएको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।




