पाल्पा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रिब्दीकोट गाउँपालिका ५ नयाटोल बस्ने ३६ वर्षीय बृहस्पती पचभैयालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पचभैयाले ती किशोरीलाई शनिबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गररेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




