काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ईभी कारसँग ठोक्किँएर बस त्रिशुलीमा खसेको हो ।
शुक्रबार बिहान साढे ७ बजेतिर धादिङ र चितवनको सिमानामा एउटा कारसँग ठोक्किएर यात्रुबाहक बस त्रिशुलीमा खसेको ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ ।
स्पीडमा रहेको कारलाई जोगाउन खोज्दा बस त्रिशुलीमा खसेको बताइएको छ । दुर्घटनामा केही यात्रु घाइते भएपनि यकिन विवरण आउन बाकी छ । घाइतेको उद्धार गर्ने काम भइरहेको छ ।




