मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ । पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागि भइनेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ । शेयर बजारको लगानीबाट भने राम्रै लाभ हुनेछ । साताको अन्त्यमा अनावश्यक यात्रा हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो साता मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेशा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिएला । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको दिन रहनेछन् । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । साताको मध्यमा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । पुँजी बजारमा नोक्सानी हुन सक्छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आउने पनि देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता कीर्तिमानी काम गर्ने समय छ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विहिवारबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो हप्ता प्रेमीको सहयोग प्राप्त हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । शुभ कार्यमा सरिक भइनेछ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शेयर बजारले पनि साथ दिनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता शुभ समाचार सुन्न पाइएला । शैक्षिक क्षेत्रमा प्रगति नै होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ । चलाखी पूर्ण बोलीले काम बन्न सक्छ । सामाजिक र राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो हप्ता महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । मध्य साताबाट शुभ कार्यको योग छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । भौतिक सुख पनि मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्राविधिक कार्यबाट सफलता मिल्नेछ । नयाँ वस्त्र या उपहार पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ, तर निर्णायक क्षमतामा कमी आउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो साता धार्मिक र सेवा भाव बढ्ने योग छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रोकिएको धन पाइन सक्छ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो हप्तामा दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । शेयर बजारको लगानीबाट दीर्घकालीन फाइदा हुनेछ । मध्य सातामा केही महत्त्वपूर्ण कार्यमा उल्झन र स्वास्थ्यमा समस्या आउन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको सुरुका दिनमा नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ । मध्य साताबाट गरेको कार्यमा सफलता पाइएला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साता लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन रहनेछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । मङ्गलबारबाट स्वास्थ्यमा सुधार आउनेछ । शुभ समाचार सुन्न पाइने र शुभकार्यको चर्चा चल्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । पुँजी बजारको लगानी भने त्यति लाभदायक नहोला । (अधिक जानकारीका लागि 977-9849559502)




