बर्दिया । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका १ विजपुर ममतापुरिया टोल बस्ने ४० वर्षीय राकेश कुमार बन्जारालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बन्जाराले ती महिलालाई सोमबार राति पीडितकै कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुर९क०बाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।




