मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो महिनामा नयाँ ठाउँमा रमाइला यात्राहरू हुनेछन् । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नयाँ र शुभ कार्यको योजना बनाउने र सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ, तर वैदेशिक कार्य कमजोर रहने र नयाँ झैझगडा र मुद्दा मामिलाबाट टाढिनु नै जाति हुन्छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशिका लागि यो महिनामा समग्रमा सकारात्मक महिना नै रहेको छ । कृषि क्षेत्रमा महत्त्वपूर्ण कामको थालनी हुनेछ । शुभकार्यको चर्चा चल्नेछ र शुभ समाचार सुन्न पाइएला । शेयर बजारबाट पनि राम्रै सफलता पाइनेछ । राज्यस्तरबाट लोभ लाग्दा अवसर प्राप्त हुने सम्भावना छ । प्रणय सम्बन्धको लागि पनि रहेको छ, तर स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
असार महिनामा नयाँ नयाँ काम गरि समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । सामाजिक पदप्रतिष्ठा प्राप्तसमेत हुने देखिन्छ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । तपाईंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था रहनेछ । घर ,जग्गाबाट लाभ मिल्ने योग पनि छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो महिनामा सामाजिक कार्य गर्दा मानप्रतिष्ठा कायम राख्न गोपनियतामा ध्यान पुर्याउनुहोला । आफ्नो कार्यक्षेत्रमा झिनामसिना व्यवधान आइलाग्ने र मानसिक चिन्ता बढ्न सक्छ साथै स्वास्थ्यप्रति सजगता अपनाउनु नै बुद्धिमानी हुनेछ । १८ गतेबाट नयाँ जिम्मेवारी र नयाँ कमको योजना बन्नेछ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
असार मित्रहरूबाट सहयोग जुट्नेछ र प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिनामा सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । राजनैतिक र सामाजिक कामबाट सफलता पाइनेछ । युक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । बाहिरी खानपान, समय र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
असार महिनामा ठीक समयमा सही निर्णय लिन सकिनेछ । सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । सेयर कारोबारबाट फाइदा हुनुका साथै छोटो र रमाइलो भेटघाट पनि हुनेछ । पढाई लेखाइमा राम्रो नतिजाका साथ सफलताको सिँढीहरू चढ्न सकिनेछ, तर अनावश्यक हिँडडुल नगरेकै जाती हुनेछ साथै स्वास्थ्य प्रति सजग रहनुपर्छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो महिना राजनैतिक, सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिहरूले राम्रै सफलता प्राप्त गर्नेछन् । कृषि व्यवसायबाट राम्रो प्रतिफल पाउन सकिन्छ । अचल सम्पत्ति हात पर्न सक्छ । २३ गतेबाट राम्रो गर्दा गर्दै पनि अपजस आइलाग्न सक्छ । प्रेम सम्बन्धमा चिसोपन पनि आउन सक्छ । तर अनावश्यक हिँडडुल नगरेकै जाती हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
असार महिना वृश्चिक राशिका राशिका लागि मिश्रित रहने देखिन्छ । यात्राबाट हानी हुन सक्छ, अनावश्यक घुमफिर नगरेकै जाती हुनेछ । महिनाको मध्यमा तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । १६ गतेबाट नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । व्यापार व्यवसायबाट पनि लाभ हुन सक्छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशिका जातकका लागि यो महिना क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिन सक्छ । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ, तर स्वास्थ्य भने राम्रो हुने देखिन्न अत: स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । २३ गतेबाट जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशिका जातकका लागि यो महिनाको सुरुका दिनमा माङ्गलिक कार्यमा उपस्थिति भइनेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिनाको मध्यमा स्वास्थ्य प्रतिकूल हुने, आर्थिक पक्ष कमजोर हुने र बोलीको विपरीत अर्थ लाग्न सक्छ । बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
असार महिनामा काम गर्दा आकस्मिक समस्या आइलागे पनि समस्याको हलसमेत निस्कनेछ । मित्रहरूबाट सहयोग जुट्नेछ । साथीको सहयोग र हौसला मिल्नेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनसक्छ । महिनाको उत्तरार्धबाट योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैँ पछि परिनेछ । कार्यमा अवरोधका साथै स्वास्थ्य प्रतिकूल रहन सक्छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो महिनामा परिणाममुखी कार्य सम्पन्न गर्न ढिला हुनेछ । अनावश्यक धन खर्च हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । महिनाको उत्तरार्धबाट कार्य क्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढेपनि दाजुभाइ र साथीले राम्रो सहयोग गर्नेछन् । लाभदायक भेटघाट र हौसला मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्न सक्छ । (अधिक जानकारीको लागि 977-9849559502)




