काठमाडौं । चिनी भएको ठाउँमा कमिला आउँछ । कमिला आउनु कमिलाको दोष होइन । दोष त हामी आफैले त्यहाँ चिनी राख्नु हो । जीवनमा जे जति समस्याहरु आएपनि त्यसलाई डटेर सामना गर्नुपर्छ । हामीले असल एवम् सक्षम नेतृत्व चयन गर्नुपर्छ ।
हामी हाम्रा जनप्रतिनिधिले केहि काम गरेनन् भन्नुभन्दा पनि तपाईले देख्नु भएको समस्याहरु पनि उज्जागर गर्ने कोशिस गर्नुस् । सबै चोरै चोर छन् भनेर समस्याको समाधान हुँदैन, त्यो त चोर विरालो जस्तै हुन जान्छ । चोर विरालोले तपाईले जति पिटे पनि, भगाए पनि फेरी आएर तपाईको समस्या बनिदिन्छ नि त्यसरी नै तपाई चुपचाप बस्दा नेतृत्वमा पुग्नेहरु ठग्ने, लुट्ने धन्दामा लागि रहन्छन् ।
अत: समस्याबाट हामी भाग्नुभन्दा पनि देखिएका समस्याहरु सिधै भन्ने गरौं । हामीले बुझ्नै पर्ने कुरा के हो भने समस्या जीवनमा आउँछ, आयो भनेर पिडित हुने होइन त्योसँग बुद्धिले जुध्न सक्नुपर्दछ ।
जुन व्यक्तिले आफ्नै गुणगान गाउने गर्दछ त्यो व्यक्तिको महत्व कराउने कागको जस्तो हुने गर्दछ । त्यसैले समस्याबाट नभागौँ, त्यही समस्याहरु उज्जागर गर्न सिकौं । आफूले चुनेका जनप्रतिनिधिलाई देखेका, भोगेका समस्याहरु भन्ने गरौं ।
यहाँ हामी प्रत्येक जिल्लाबाट चुनिनु भएका माननीय सदस्य (सांसद) हरुको सम्पर्क नम्बर दिएका छौं । कुनै समस्या परेमा चुप लागेर बस्नुभन्दा समयमा नै सम्बन्धीत निकायमा खबर गर्नुस्, चाडै सामाधान हुन सक्छ ।
साथै कुनै पनि समस्या परेमा या गुनासो भएमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा संचालित हेलो सरकारको नि:शुल्क फोन नम्बर ११११ तथा ०१-५९७००८७ मा सम्पर्क गर्न सकिन्छ ।




