झापा । झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मेचीनगर नगरपालिका १० निवासी राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन् । मेचीनगर नगरपालिका वडा नम्बर १५ लालझोडास्थित भित्री सडक खण्डमा शनिबार बिहान दुर्घटना भएको हो ।
अन्दाजी ३:३० बजेको समयमा भद्रपुरबाट धुलाबारीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
त्यस्तै मेचीनगर १० निवासी अभिषेक राई र सोही ठाउँका विवेक दनुवार पनि गम्भीर घाइते भएका छन् । उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोड उपचार भइरहेको प्रहरीले जनाएको छ ।




