दाङ । दाङको तुलसीपुरमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका ४ खाद्रेका १० वर्षीय सुवास बिकको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सोमबार साँझ घरको आँगनमा खेलिरहेका बेला परेको चट्याङ लाग्दा उनको मृत्यु भएको हो । गम्भीर अवस्थाका बालकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याउँदा चिकित्सकले बालकको पहिल्यै मृत्यु भइसकेको बताएका थिए ।




