वीरगञ्ज । प्रहरीले वीरगञ्जस्थित आईसिपी भन्सार अगाडिबाट १ करोड ८९ लाखभन्दा बढीको हार्डवेयर सामान लोड रहेको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका २५ स्थित आईसिपी सडक खण्डमा चेकजाँचको क्रममा उक्त ट्रकसहित सामान नियन्त्रणमा लिएको हो ।
प्रहरीले ना ६ ख ४०५८ र ना ३ ख १८७ नम्बरको ट्रक र सोमा लोड रहेको १ करोड ८९ लाख ५० हजार ६२२ बराबरको सामान पनि नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको सामानसहित ट्रकलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।




