काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । शुक्रबार सुनको मुल्य १८ सयले बढेसँगै अहिलेसम्मको सर्वाधिक मूल्य भएको हो ।
आज सुन तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो ।
यसअघि बिहिबार सुनको तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँ बढेर तोलाको १ हजार ९ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




