काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ ।
मूल्य बढेपछि अब काठमाडौं उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० रुपैयाँ भएको छ । निगमले भारतबाट आएको नयाँ मूल्य सूची बढेर आएकोले मूल्य बढाउनु परेको जनाएको छ ।





