काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९ सयले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सोमबार प्रतितोला १ लाख ४६ हजार ९ सयमा कारोबार भएको छापावाला सुन आजका लागि १ लाख ४७ हजार ८ सय निर्धारण भएको छ ।
सोमबार प्रतितोला १ लाख ४६ हजार २ सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने १ लाख ४७ हजार १ सय निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ हजार ८ सय ८५ मा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ८ सय ७५ निर्धारण भएको छ ।




