काठमाडौं । सौर्य एअरलाइन्सको दुर्घटनाग्रस्त विमानबाट उद्धार गरि त्रिवि शिक्षण अस्पताल गरिएका दुई जना मृत अवस्थामा अस्पताल पुगेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार दुर्घटनास्थलबाट उद्धार गरिएको भनिएका दुई जना अस्पताल पुग्दा मृत अवस्थामा थिए । मृत अवस्थामा आकस्मिक कक्षमा लगिएका उनीहरुलाई त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा राखिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा दुर्घटनामा परी मृत्यु भएका अन्य शव पनि ल्याइएको अस्पतालले जनाएको छ । विमानलाई काठमाडौंबाट पोखरा मर्मतका लागि लैजाने क्रममा दुर्घटना भएको हो । विमानमा १९ जना एयरलाइन्सकै कर्मचारी भएको प्रहरीले जनाएको छ ।




