काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजका पाइलट मनिषरत्न शाक्यको उपचार जारी छ । उनको सिनामंगलस्थित केएमसी अस्पताल उपचार भइरहेको छ । अस्पतालका अनुसार पाइलट शाक्यको टाउकोमा चोट लागेको छ । उनको स्वास्थ्यमा सुधार आइरहेको छ ।
सौर्य एयरलाइन्सको कर्मचारी बोकेर जहाज आज बिहान काठमाडौंबाट पोखरा उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा पाइलट मनिष रत्न शाक्य र को-पाइलट एस कटवाल रहेका थिए ।
त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक आरेफ रेडा सवार रहेका थिए ।




