धनुषा । भंगहा–जनकपुर–जयनगर रेल्वेको लिकमा परेर एक जनाको दुवै खुट्टा गुमेको छ । जनकनन्दनी गाउँपालिका ३ महुवाका मिश्री दासका अन्दाजी ३५ वर्षीय छोरा श्रीराम दासको रेल्वे लिकमा परेर खुट्टा काटिएको हो ।
रेलको लिक छेउबाट हिँडिरहेका युवक शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको चपेटामा परेका हुन् । हाल दासको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।




