काठमाडौं । ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका १४ बल्खु चोकस्थित सडकमा ना ६ ख २२०३ नम्बरको ट्रकले बा.प्र. ०२-०१६ प ७११४ नम्बरको स्कुटरलाई आइतबार बिहान ठक्कर दिँदा स्कुटरमा पछाडि सवार १३ वर्षीय बालकको मृत्यु भएको हो ।
काठमाडौं महानगरपालिका १४ बल्खु बस्ने रौतहट राजपुर नगरपालिका १ घर भएकी ३५ वर्षीया सरिता कुमारी गुप्ताको छोरा १३ वर्षीय आदित्य गुप्ताको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




