मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो हप्ता आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । कृषि कार्यमा सफलता हात लाग्नेछ । समाजमा प्रभाव बनाउन सकिनेछ । रोकिएका कार्यहरू पनि पुन सञ्चालनमा आउनेछ । साताको अन्त्यमा आत्मघाती काम गर्न पुगिएला, सचेत हुनुपर्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो साता नजिकैको मित्रसँग भेटघाट हुनेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । सामाजिक सेवा गर्ने अवसर जुट्न सक्छ । कृषि क्षेत्रबाट राम्रै लाभ हुनेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट उपलब्धिमूलक रहनेछ । प्राविधिक काममा बढी सफलता मिल्नेछ । साताको अन्त्यमा चोट पटकको सम्भावनाका साथै सामान हराउन सक्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको सुरुवातमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । अल्ली बढी व्यस्त रहन पर्नसक्छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साताको उत्तरार्धबाट साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । नयाँ काम वा रोजगार पनि पाइन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता अत्यन्तै शुभ रहेको छ । समयको सदुपयोग गर्नसके सर्वाधिक फाइदा हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग र हौसला प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनुपर्छ र रिसरागलाई नियन्त्रण गर्न पनि जरूरी छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो सातामा घर परिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । अरुलाई प्रभावित पारेर अधुरा काम बन्नेछ । साहित्यिक क्षेत्रमा झुकाव हुनेछ, तर स्वास्थ्य प्रति चैं सचेत रहनै पर्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता नयाँ र नयाँ र शुभकार्यको अवसर पनि मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । मध्य सातामा मन खिन्न हुने र अनावश्यक ठाउँमा धन खर्च होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो हप्ता सुख दुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्नेछ । करियरको लागि मनमा दुबिधा र खुल्दुली उत्पन्न हुनेछ । मध्य सातामा भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो सातामा पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह पनि बढ्नेछ । लामो समयदेखि रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । आकस्मिक धनलाभ पनि हुनसक्छ । साताको अन्त्यमा अरूको वचन टाल्न नसक्दा दुःख पाइने र धन खर्च पनि हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो साता गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाइनेछ । नयाँनौलो समाचार सुन्न पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । शेयर बजारको क्षेत्र पनि फलदायी नै हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो साता शुभ समाचार सुन्न पाइएला । घरमा नाता कुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ, तर स्वास्थ्य प्रति सचेत रहनु पर्छ । शेयर बजार पनि नोक्सानदायी रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको पूर्वार्द्धमा गरेका काममा ढिलासुस्ती हुनेछ । जिद्दीपनाले गर्दा सम्बन्ध बिग्रने डर छ । मानसिक चिन्ता पनि बढ्नेछ । साताको उत्तरार्धबाट एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पनि पाइनेछ । (अधिक जानकारीका लागि 977-9849559502)




