ललितपुर । ललितपुरको भट्टेडाँडामा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खस्दा एक जना घाइते भएका छन् । मंगलबार बिहान ९ बजे बागमती गाउँपालिका ३ भट्टेडाँडाको टाकुर्चेमा गुडिरहेको मोटरसाइकल माथि पहिरो खसेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
ना ५४ प १६५५ नम्बरको मोटरसाइकलमाथि पहिरो खसेको हो । मोटरसाइकल चालक सलमान अन्सारी सामान्य छन् । मोटरसाइकल पछाडि सवार हेटौंडाका ४६ वर्षीय मुर्तुजा अन्सारीको खुट्टा फ्र्याक्चर भएको हो । उनको उपचारका लागि बिएण्डबी अस्पताल ग्वार्कोमा ल्याइएको छ ।




