सप्तरी । सप्तरीको तिरहुत गाउँपालिका २ मैनाकडेरीमा एक जना युवक झुन्डिएको अवस्थामा फेला परेका छन् । तिरहुत गाउँपालिका २ मैनाकडेरीका २३ वर्षीय आइजु मंसुरी बुधबार झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
घरबाट ५ सय मिटर महुली खोलानजिक रुखको हाँगामा गम्छामा फाँसी लगाई झुन्डिएको अवस्थामा मंसुरीको शव फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मृतक मंसुरीको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




