महोत्तरी । महोत्तरीमा शिवनाथ मन्दिर नजिक चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बलवा नगरपालिका ७ महराटोल बस्ने ४६ वर्षीय बेचन महराको चट्याङ लागेर आइतबार साँझ मृत्यु भएको हो ।
खेतबाट घर फर्कने क्रममा सोही ठाउँस्थित शिवनाथ मन्दिर नजिक पुग्दा चट्याङ परी उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




