काठमाडौं । मधेश सरकारले जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनले विरोधमा मधेश सरकारविरुद्ध सिट्ठी जुलुस निकालेको छन् ।
जसपा नेपाल निकटको युवा संगठन तथा विद्यार्थी संगठनले संयुक्त रूपमा मधेश सरकारको जम्बो मन्त्रिपरिषद्लाई सानो आकारको बनाउन माग गर्दै जनकपुरधाम नगरभित्र सिट्टी जुलुस निकालेर विरोध प्रदर्शन गरेको हो ।
आफूहरूले कुर्सी जुलुस निकालेर मधेश सरकारलाई जम्बो मन्त्रिपरिषद् सानो बनाउन खबरदारी गरेपनि माग नसुनेकाले सिट्ठी जुलुस निकालेको समाजवादी युवासंघ मधेशका कार्यवाहक अध्यक्ष कमलेश यादवले बताए ।
जनकचौकबाट सुरु भएको विरोध र्याली मधेश भवनतर्फ अगाडि बढ्दा मिल्स एरियामा प्रहरीले अवरोध गर्न खोजे पनि युवा विद्यार्थीहरू प्रहरीको घेरा निष्तेज पार्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर विरोध गरेका छन् ।




