कैलाली । कैलालीस्थित धनगढी विमानस्थल हुँदै अर्काकी श्रीमतीलाई भगाउन खोजेपछि एक युवक समातिएका छन् । विमानस्थल प्रहरीले युवकसहित महिलालाई नियन्त्रणमा लिएको हो ।
विमानस्थल प्रहरीले परपुरूषसँग भाग्दै गरेको अवस्थामा कैलालीको लम्कीचुहा नगरपालिका ८ बस्ने अन्दाजी ३५ वर्षीया महिला रन्जना चौधरी समातिएकी हुन् ।
प्रहरीले वैदेशिक रोजगारीका लागि दुबईमा बस्दै आएका परपुरूषसँग काठमाडौं उड्ने क्रममा उनलाई नियन्त्रणमा लिएको जनाएको छ । उनी श्रीएयरलाइन्सको दिउँसो १ बजेर ५ मिनेटको फ्लाइटमा उड्ने तयारीमा थिइन् ।
तर, बोडिङ पास बनाउने क्रममा शंकास्पद गतिविधि देखाएपछि सोधपुछ गर्दा महिला अर्कै पुरूषसँग काठमाडौं गइरहेको खुलेको थियो । उनलाई काठमाडौं लगिरहेको अवस्थामा सुनसरी घर भएर हाल दुबईमा रोजगारी गर्दै आएका अन्दाजी ३५ वर्षकै सुलेमान मनसुरी समातिएका हुन् ।
उनी महिलालाई लैजान दुबईबाट शुक्रबार नै आएका थिए । उनीसँग भाग्दै गरेका महिलाका ८ र ११ वर्षका दुई छोरा रहेका छन् । पक्राउ परेका दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




