कैलाली । कैलालीको घोडाघोडी नगरपालिका ४ भालुफाटास्थित सडकमा से ७ प ७६०१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
साथै उक्त मोटरसाइकलमा सु.प.प्र. ०१०११ प ७४६९ नम्बरको मोटरसाइकल समेत ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका दुवै मोटरसाइकलमा सवार ४ जनाको घोडाघोडी अस्पताल सुख्खडमा उपचार भइरहेको छ ।




