काठमाडौं । अघिल्लो दिन उच्च मूल्यले रेकर्ड बनाएको सुन बिहिबार भने घटेको छ । उच्च मूल्यबाट बिहिबार सुनको भाउ प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५३ हजार रुपैयाँ रहेको सुन बिहिबार १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँ घटेको हो । अघिल्लो दिन प्रतितोला १ हजार ८३५ रुपैयाँ रहेको चाँदी आज १ हजार ८३० मा झरेको हो ।




