काठमाडौं । मुग्लिङ-नारायणगढ सडक खण्डमा बस दुर्घटना भएको छ । दुर्घटनमा १० जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको हो । सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो ।
बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा १० जना घाइते भएको र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए ।




