काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ । निगमले पेट्रोलको मूल्य २ रुपैयाँले घटाएको छ भने डिजेल र मट्टितेलमा १ रुपैयाँले कमी गरेको छ ।
आन्तरिक हवाई इन्धनतर्फ प्रति लिटर ५ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोमिटर ३७ डलरले मूल्य कम गरिएको छ ।
नयाँ मूल्य अनुसार, अब काठमाडौं, पोखरा, र दिपायलमा पेट्रोलको मूल्य प्रति लिटर १६३ रुपैयाँ हुनेछ । सुर्खेत र दाङमा १६२ रुपैयाँ र अन्य क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ ।




