महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर म्युजियम नजिक शनिवार साझँ मोटरसाइकल र अटोको ठक्कर हुँदा एक मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । महेन्द्रनगर बजारबाट आउँदै गरेको सु.प.प्र ०२.००३ प ५१६७ नम्बरको मोटरसाइकल र दैजीबाट आउँदै गरेको म.१ ह ८२० नम्बरको अटोको आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । तत्कालै उद्धार सेवाहरूलाई खबर गरी घाइते चालकलाई नजिकैको अस्पताल पुर्याइएको छ । प्रहरीले दुर्घटनाको कारण बारे अनुसन्धान गरिरहेको छ ।




