काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार सुन तोलाको ३ सयले घटेर तोलामा १ लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि आइतबार सुनको मुल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १ हजार ७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




