काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिन्दु नारीहरुको महत्त्वपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको मूल्य प्रति तोला रु १ हजार ३ सयले वृद्धि भएको छ । बिहिबार प्रतितोला रु १ लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि रु १ लाख ५३ हजार ३ सय निर्धारण भएको छ ।
चाँदीको मूल्य तोलामा रु ३० ले वृद्धि भएको छ । बिहिबार तोलामा रु १ हजार ७ सय ६५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु १ हजार ७ सय ९५ निर्धारण भएको छ ।




