काठमाडौं । निजी हवाई सेवा प्रदायक श्री एयरलाइन्सले काठमाडौं–पोखरा उडान गर्ने यात्रुहरूका लागि विशेष अफर ल्याएको छ । एयरलाइन्सले एक टिकट खरिद गर्दा अर्को टिकट नि:शुल्क दिने योजना सुरु गरेको हो । यो अफर हिजोदेखि लागु भइसकेको छ र असोज ४ गतेसम्म टिकट किन्दा यस योजना अन्तर्गत सुविधा पाइनेछ ।
एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरका अनुसार पोखराको पर्यटन क्षेत्रलाई चलायमान बनाउन र यात्रुहरूको आकर्षण बढाउन यो अफर ल्याइएको हो । यस योजनाअन्तर्गत खरिद गरिएका टिकटबाट यात्रुहरूले असोज १४ भित्र यात्रा पूरा गरिसक्नु पर्ने जानकारी कम्पनीले दिएको छ ।




