डोटी । डोटीमा खोलाले बगाउदा एक बालिका बेपत्ता भएकी छन् । खोलाले दूध बेच्न घरबाट हिँडेकी ८ वर्षीया निर्मला चन्दलाई बगाएको हो ।
जिल्लाको के.आई. सिंह गाउँपालिका ४ मा स्थानीय गन्नीगाडकी बालिकालाई खोलाले बगाएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार स्थानीय र प्रहरीद्वारा बालिकाको खोजी कार्य जारी रहेको छ ।




