रुपन्देही । रुपन्देहीको तिलोत्तमामा बोरामा पोको पारेर फालेको अवस्थामा एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका १३ चिलीया स्थित खेतबारीमा उक्त शव फेला परेको हो ।
सोमबार बिहान खेतमा काम गर्न गएकाहरुले बोरामा पोको पारेर फालेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार अन्दाजी २५/२६ वर्षको जस्तो देखिने युवकको शव हत्या गरी फालेको अवस्थामा भेटिएको हो ।
शवको पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ । शवको पहिचान खुल्न सकेको छैन । थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।




