चितवन । भरतपुर महानगरपालिका २ नारायणगढ लिलाचोक नजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर जिल्ला गैंडाकोट नगरपालिका ५ काँग्रेसचोकका २६ वर्षीय रबिन थापा र लमजुङ दूधपोखरी गाउँपालिका ६ का ४० वर्षीय पुर्णबहादुर गुरूङ रहेका छन् ।
थापाले मोटरसाइकल चलाएका थिए । शुक्रबार राति १ बजेर २० मिनेट जाँदा लिलाचोक भित्री सडकमा नारायणगढ सहिचोकबाट पोखरा बसपार्क जाँदै गरेको बा प्र प ०६-००२ प ३१४५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर पल्टेको थियो ।
दुर्घटनापछि गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा भर्ना गरिएकोमा दुवैको त्यही मृत्यु भएको प्रहरीले जनाएको छ ।




