रामेछाप । रामेछापको मन्थली नगरपालिका ५ सुनारपानीमा एक बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने व्यक्तिका रूपमा मन्थली नगरपालिका वडा ४ की वडा सदस्य पदममाया नेपाली रहेको वडाध्यक्ष रविन कार्कीले जानकारी दिए ।
आइतबार दिउँसो २ बजे मन्थलीबाट सालु तर्फ जाँदै गरेको बा १८ च १८६९ नम्बरको बोलेरो गाडी भदौरे डाँडामा दुर्घटनामा परेको हो । यस घटनामा घाइते हुनेमा मन्थली नगरपालिका ४ की ३४ वर्षीया सिता नेपाली, २५ वर्षकी सुजिता रसाइली, २४ वर्षकी सरिता नेपाली, ६९ वर्षका दिलिप कुमार बरुवाल र चालक ४२ वर्षका गुण कुमार थापा मगर रहेका छन् ।
चालक थापा र बरुवालको अवस्था गम्भीर रहेकोले उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । दुर्घटनामा परेकी ५ महिनाकी एक नवजात शिशुलाई स्थानीयहरूले सकुशल उद्धार गरेका छन् ।




