महोत्तरी । महोत्तरीमा गर्मी बढेसँगै विद्यालयहरू फेरि बन्द हुन थालेका छन् । मनराशिसवा नगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले आइतबार सूचना जारी गर्दै सोमबारदेखि शुक्रबारसम्म विद्यालयहरू बन्द रहने जानकारी गराएको छ । नगर प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले वर्षे बिदामा कट्टा हुने गरी नगर क्षेत्रका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूलाई शुक्रबारसम्म बिदा दिने निर्णय गरिएको बताए ।
महोत्तरीलगायत तराईका अधिकांश ठाउँमा गर्मी अत्याधिक हुने भएकाले विद्यार्थीहरू बिरामी पर्छन् । यस कारण गर्मीको समयामा यहाँको पठन पाठन समेत प्रभावित हुने गरेको छ ।




