काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर १ लाख ५९ हजार ७०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको मूल्य तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पाँच रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




