काठमाडौं । इलामको सन्दकपुरमा एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका १ भित्तेका ४६ वर्षे उजबहादुर राईले धारिलो हतियार प्रहार गरी ४० वर्षीया फूलकुमारीको हत्या गरेका हुन् ।
श्रीमतीको हत्यापश्चात उनले पनि आत्महत्या गरेको इलामका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । प्रहरीका अनुसार फूलकुमारीको शव घरभन्दा ६०/७० मिटर तल मूलबाटोमुनि फेला परेको छ ।
यस्तै उजबहादुरको शव नजिकै निबारोको रुखमा झुन्डिएको अवस्थामा भेटिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको र दुवै जनाको शव पोस्टमार्टमका लागि सदरमुकाम पठाइएको प्रहरीले जनाएको छ ।




