नुवाकोट । छहरे-टोखा सडक खण्डको अदुवाबारी मोडमा माइक्रो बस दुर्घटना भएको छ । काठमाडौंबाट नुवाकोट हुँदै पोखरा जान लागेको माइक्रो बस दुर्घटनामा परेको हो ।
माइक्रो बस दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् । त्यस्तै चालकका साथै सहचालकसहित अन्य यात्रु सुरक्षित रहेको प्रहरीले जनाएको छ ।




