काठमाडौं । काठमाडौंबाट सिन्धुलीको फिक्कल जाँदै गरेको टाटा सुमो रामेछापमा दुर्घटना भएको छ । रामेछापको मन्थली-खाँडादेवी-सित्खा सडक खण्डको मन्थली नगरपालिका ७ भटौंली पुलमाथि सुमो दुर्घटना भएको हो ।
आज बिहान सवा ४ बजेतिर ना १ ज ८७८२ नम्बरको टाटा सुमो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । अनियन्त्रित भइ सुमो पल्टिँदा सिन्धुली फिक्कल गाउँपालिका ४ का २२ वर्षीय चालक उद्धव श्रेष्ठको हात र ढाडमा चोट लागेको छ । उनको तामाकोसी अस्पतालमा उपचार भइरहेका छन् ।
सुमोमा चालक र २ बच्चासहित १२ जना सवार रहेको प्रहरी कार्यालयले जनाएको छ । यात्रु सामान्य घाइते छन् । उनीहरुलाई अर्को सवारी साधनबाट गन्तव्यतर्फ पठाउने तयारी भइरहेको छ । बाढी-पहिरोको कारण बीपी राजमार्गको सडक बन्द भएपछि अहिले काठमाडौं-चरिकोट-मन्थली-सिन्धुलीको वैकल्पिक मार्ग सञ्चालन भएको छ ।




