काठमाडौं । काठमाडौंबाट सिन्धुली जाँदै गरेको बस मंगलबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
प्रदेश ३–०१–००५ ख ९५७९ नम्बरको यात्रुवाहक बस खाँडदेवी गाउँपालिका ३ भीरपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मृत्यु हुनेमा सुनकोशी गाउँपालिका ६ की युनिषा श्रेष्ठ रहेकी छिन् । घाइते हुनेहरूको नाम खुलेको छैन ।




