काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिका ९ रजबासमा बोलेरो जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । नार्केबाट महाभारत गाउँपालिकाको चारकिल्ला जाँदै गरेको बा १७ च २९ नम्बरको जिप बुधबार साँझ ७ बजेतिर दुर्घटना भएको थियो ।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार दुर्घटनामा घाइते भएका ९ जनामध्ये २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा महाभारत ७ का २ राजवीर बोम्जन र मार्साङ बोम्जन रहेका छन् ।
यस्तै अन्य घाइतेहरुमा महाभारत ७ का धनलाल तामाङ, सजिना तामाङ, सुरेश तामाङ रहेका छन् । यस्तै महाभारत ५ का सम्झना मोक्तान, अमृत थिङ, मुना लामा तथा वडा नम्बर ७ का लमो थिङ घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि मेथिनकोट अस्पताल ल्याउँदै गरेको उनले जानकारी दिए ।




